२० बैशाख २०७३, सोमबार

नवलपरासीमा जिल्ला पृथ्बी  चन्द्र अस्पतालले निमार्ण गरेको ब्यवसायीक सटरहरुको मासिक भाडाको १० बर्ष पछि वल्ल दोब्बर मुल्य कायम भएको छ  । यस अघि निकै सस्तो मुल्यमा सटर भाडा रहेको जनगुनासो बढेपछि अस्पातालले नयां टेण्डर आव्हा्न गर्दा सबै सटरहरुको दोब्बर मुल्य कायम भएको हो । यस अगाबै १ हजार ५ सय देखि २ हजार सम्म मासिक भाडामा रहेका ब्यवसायिक सटरहरु अहिले मासिक ४ हजार देखि ७ हजार  सम्म  प्रति सटर भाडामा गएको अस्पतालले जनाएको छ  ।

vlcsnap-2016-05-02-15h28m41s527

अस्पतालका २४ वटा सटरहरु भाडामा छन् । यसरी लामो समयपछि सटर भाडाको मुल्य बृद्धि भएपछि संकलित रकमबाट  अस्पतालको आन्तरिक ब्यवस्थापन , वाह्य ब्यवस्थापन मा खर्च गरिने छ  ।  सो रकम   बिरामीहरुलाई लक्षित गरी   २४ औषधि उपचार सेवा  प्रदान गर्न खर्च गरिने  अस्पताल बिकास समितिकी अध्यक्ष लक्ष्मी क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा पुरानो यो अस्पताल हाल २५ शैयाको रहेको छ  । यस अस्पतालमा नवलपरासी सहित छिमेकी भारतीय बजारहरुबाट समेत बिरामीहरु उपचार सेवा लिन आउने गर्छन् ।

LIVE TV