२० बैशाख २०७३, सोमबार

केहि अघि नै चर्चामा आइसकेको एउटा चलचित्रको नाम हो –लप्पन छप्पन । दर्ताको क्रममा नाम जुधेपछि यो चलचित्रले चर्चा पाएको थियो । यहि चलचित्र लप्पन छप्पन यतिखेर छाायांकनको क्रममा बेल्जियममा छ ।

13081819_1003144576430579_776433387_n
लप्पन छप्पन युरोपको वेल्जीयममा प्राय दृश्य छायांकन हुनेछ । यसका लागि गत विहिवार चलचित्रका निर्देशक मुकुन्द भट्ट र छायाँकार पुरुषोत्तम प्रधान वेल्जीयम प्रस्थान गरीसकेका छन् ।


छायांकनको चाजोपाजो मिलाउन निर्देशक भट्ट र छायांकार प्रधान केहि अघि नै प्रस्थान गरेका थिए । उनिहरु यतिखेर चलचित्रका केही ल्याप्स सर्ट खिचिरहेका छन् । शनिबार बाट बेल्जियममा छाँयांकन प्रारम्भ गरीएको हो ।
चलचित्रका अन्य कलाकार प्राविधिक यसै हप्ता त्यस तर्फ प्रस्थान गर्दैछन् । चलचित्र लप्पन छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ र हलिउड अभिनेता अलेक्सजेण्डर रजुनोभको अभिनय रहने छ ।साथै नव प्रस्तुतिका रुपमा प्रकाशजंग शाह र शित खरेलले पनि अभिनय गर्नेछन् ।

13045513_1003637679714602_99802319_n
एक्सन थ्रिलर एवं कमेडी भरपुर प्रयोग रहने चलचित्र लप्पन छप्पनका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन भने संगीत दीपक आरजेको रहेको छ । चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सह निर्माता इन्द्र प्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता जानुका कंडेल रहेकीछिन् । चलचित्रको छायाकार पुरुषेत्तम प्रधान रहेका छन् भने लेखन पनि निर्देशक भट्टकै रहेको छ । युरोपको वेल्जीयममा करिव १ महिना लगाएर चलचित्र खिचिने छ । चलचित्रका वितरक भने गोविन्द शाही हुन् ।

13101467_1003144556430581_127482718_n

LIVE TV