२० बैशाख २०७३, सोमबार

मन्त्रीपरिषद्को

काठमाडौं ।सरकारले आगलागी पीडितलार्इ घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने भएको छ।

आज विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलार्इ  प्रतिपरिवार २६ केजको दुई बन्डल जस्तापाता दिने निर्णय गरेको सरकारका प्रबता एबं सुचना तथा सञ्चार मन्त्री शेरधन राईले जनाकारी दिए ।

उनका अनुसार गत मंसिर मसान्तयता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरुलाई यो राहत जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइने भएको हो। त्यसका लागि आवश्यक पर्ने रकम गृहमन्त्रालयलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।
आगलागीबाट अहिलेसम्म एकहजार ४ सय २ घर आगलागीबाट पूर्णरुपमा क्षति पुगेको सरकारी तथ्यांक छ। यस्तै बैठकले आगलागीबाट नष्ट भएका खानेपानीका पाइहरुलाई तुरुन्तै मर्मत सम्भार गर्ने पनि वैठकले निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले केन्द्रीय दैवीक प्रकोप उद्धार समितिलाई प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ।
आज विहान बसेको मन्त्री परिषदको बैठकले  मानव प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रुपमा पुस्करचन्द्र श्रेष्ठलाई पुनः नियूक्त गर्ने निर्णय हो । त्यसैगरी मन्त्रीपरिषद्को कार्यालयमा बिहान बसेको मन्त्री परिषद् बैठकले मानव प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रुपमा पुस्करचन्द्र श्रेष्ठलाई पुनः नियूक्त गर्ने निर्णय गरेको सरकारका प्रबता एबं सुचना तथा सञ्चार मन्त्री  राईले जनाकारी दिए ।

 

 

LIVE TV