२० बैशाख २०७३, सोमबार

आफ्नै गाउँमा कृषि विषय पढाइ हुने कलेज खोल्न कास्की पुरुवन्चौरका बासिन्दाले चार करोड २५ लाख रुपैयाँ दान गरे ।

कृषि क्याम्पसकलेज भवनका लागि जग्गा जुटाएका छन् । नपुगेको जग्गा थप्न अझै लागिपरेका छन् । स्थानीयको यस्तो उत्साह देखेपछि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनले पुरन्चौरमा आंगिक कलेज खोल्न सम्बन्धन दियो ।

वैशाख ८ गते प्रधानमन्त्री केपी ओली आएर भवन शिलान्यास गरी स्थानीयको होहल्ला बढाएका थिए । भवन शिलान्याससँगै कक्षा लिएर प्रधानमन्त्री नै पठनपाठन सुरु गराए । आफ्ने भवन नभइन्जेलका लागि स्थानीयकै पहलमा भारतीभवन उच्चमाविले कलेजलाई कोठा दिइरहेको छ ।

तर, स्थानीय बासिन्दा यतिसारो खटिएर लागेको कलेज सुरु हुनासाथै राजनीयितक अकर्मण्यताको सिकार भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LIVE TV