२० बैशाख २०७३, सोमबार

Prachanda1सत्ता गठबन्धनका प्रमुख साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सात महिनाअघि जारी संविधानलाई अधुरो रहेको भन्दै त्यसलाई पूर्णता दिन संघर्ष गर्न मजदूरहरुसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा आइतबार रत्नपार्कमा आयोजित सभामा दाहालले संविधान विश्वकै उत्कृष्ट भन्ने आफ्नो पहिलाको अभिव्यक्ति विपरित त्यस्तो अपिल गरेका हुन् ।

आफूले समेट्न चाहेका विषयमा अन्य पार्टीहरुले सहमति नजनाएपछि एमाओवादीले फरक मत राखेर संविधान पारित गरेको तर्क यनले दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LIVE TV