
सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ। बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको छ। कारोबार दैनिकमा समाचार छ।

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजनामा चिनी उद्योगको बगासबाट उत्पादन हुने बिजुली खरिद गर्ने व्यवस्था गरिएपछि विभागले प्रस्ताव आह्वान गरेको हो।
उत्पादित बिजुली तीनमहिनाभित्र प्रचलित दर (प्रतियुनिट ८.४ रुपैयाँ)मा खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ।