१९ बैशाख २०७३, आईतवार

मजदुरी परिभाषा व्यापक र सुन्दर होला तर नेपालको मात्र नभई धेरै मुलुकका शिक्षाविहीन व्यक्तिहरुले गर्ने कठोर परिश्रमलाई मजदुरी भन्ने गरेको पाइन्छ । आफैमा जोखिमपूर्ण मानिने मजदुरी भित्रका धेरै मजबुरीहरुमा दुर्घटना नियमित झै बन्ने गर्छ । मेसिनसंग खेल्नु पर्ने, सहज नभई जहिले पनि असहज अवस्थामा काम गर्नु पर्ने नै मजदुरहरुको नियति हो । यसै क्रममा कामको सिलसिलामा गम्भीर घाईते भएका मजदुरहरु मे दिवसको दिन पनि उपचारमा भौतारिहरेका पाइए ।

यिनी हुन् राम सागर मण्डल बिद्युत प्राधिकरणमा घण्टाको हिसाबले ज्याला मजदुरी गर्ने उनि केहि दिन अगाडि धनुषामा ट्रान्समिटर मिटर पड्केर करेन्ट लागे पछि गम्भीर घाइते भए र अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।उनको हात खुट्टा हड्डी सम्मै पोलेको छ शरीरमा बिभिन्न भागमा गहिरो चोट छ । आफु धेरै दिन देखि यसरी अस्पताल मा बस्दा आफ्नो सन्तानलाइ के खुवाउने कसरी पाल्ने चिन्ताले गाँजेको दुखेसो न्युज२४ संग यसरी पोखे उनले ।

चिकित्सकले उनलाई अहिले काम गर्न नहुने सुझाब दिएका छन तर उनि भने सरकारले आफुलाइ  केहि जागिर दिए हुन्थ्यो कि त विद्युत प्राधिकरणमा नै काम दिए हुन्थ्यो भन्ने चाहना राख्छन ।

धनुषाका राम सागर त एक प्रतिनिधि पात्र मात्र हुन् यस्ता धेरै मजदुर छन् जो ज्याला मजदुरी कै क्रममा घाइते भए पछि आफ्नो परिवारको भोक तिर्खा हेरेर बाँच्न बिबश छ । यिनी  प्युठान का बिशाल पाण्डे ज्याला मजदुरी गर्न भारतको लुधियाना गएका उनि घाइते अवस्थामा अहिले पनि गम्भीर अबस्थामा छन । आफ्नो परिवारलाइ गरिबीले सताए पछि भारत पुगेका उनि धन कमाएर आउनु भन्दा आफै गम्भीर घाइते भएर आए पछि  उनका पिताले ऋण खोजेर उपचार गरिरहेका छन् ।

नेपालमा बर्षेनी ज्याला मजदुरी कै लागि विदेशिने धेरै छन र ज्याला मजदुरी कै क्रममा घाइते मात्र नभई ज्यान गुमाउने पनि धेरै छन् । पछिल्लो समय बिद्युत प्रधिकरण को ट्रान्समिटर पड्किएर घाइते हुने हरुको संख्या असंख्य छ । मजदुर दिवस मनाएर मजदुरको हकहितको कुरा गर्ने मजदुरसंग सम्बन्धित संघसंसंस्थाहरुले यता पनि हेर्ने की ?

 

LIVE TV