१९ बैशाख २०७३, आईतवार

आफू बैंकको म्यानेजर हो भन्दै जग्गा किर्ते गरी ठगेको आरोपमा प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुन्दरदुलारी नगरपालिका ६ बस्ने स्थानिय महिला टंङनीदेवी चौधरीको जंग्गा किर्ते गरी ठगेको आरोपमा सोही स्थान बस्ने शरद श्रेष्ठ र निजगढ ६ बाराकी रत्नकुमारी लामालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।

छोरालाई सिटी सफारी खरिद गर्नको लागि चौधरीले शरद श्रेष्ठ मार्फत मोरङको तेतरियामा रहेको दुई कित्ताको ८ कट्ठा १३ धुर र ३ कट्ठा ६ धुर जग्गा धितोमा राखेकी थिईन् । आफू काठमाडौ स्थित बैक अफ एसियाको म्यानेजर रहेको बताउदै श्रेष्ठले चौधरीलाई फसाएका थिए ।

दुवैको संलग्नतामा मोरङको तेतरियाको १२ कट्ठा जग्गा जालसाजी गरि लामाको नामका जग्गा नामसारी गरिएको थियो । अक्षर समेत नचिन्ने पीडित चौधरीलाई सिटि सफारी किन्न ३ लाख धितो दिने बाहानामा उनीहरुले चौधरीको नाममा रहेको जंग्गा आफनो नाममा बनाएका हुन् ।

चौधरीको नाममा रहेको उक्त जमिन खाली चेक देखाई श्रेष्ठले लामाको नाममा पार्न सफल भएको इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक मेघराज थापाले बताए । पछि लामाले जग्गा पुंन विराटनगर बस्ने राजविराज सप्तरीका व्यवसायी अनिल सिहलाई बेचेकी थिइन् ।

लामा बिगत लामो समयदेखि जग्गाको अबैध किनबेचमा संलग्न रहेको प्रहरीको भनाई छ । लामाले ३ लाख मध्ये एक लाख पचास हजार श्रेष्ठलाई दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । पछि चौधरीले स्थानीयलाई घटनाको बारेमा जानकारी गराइकी थिईन् ।

बेलवारी प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट पक्राउ परेका दोषीलाई म्याद थप गरी कारवाहीका लागि मुद्दा अघि बढाइएको प्रहरी निरिक्षक थापाले बताए ।

 

LIVE TV