१९ बैशाख २०७३, आईतवार

काठमाडौँ, स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा विगत पाँच दिनदेखि आमरण अनशनमा बसेका युवाको माग सम्बोधन गर्न विभिन्न सरोकार भएका व्यक्तिले सरकारसँग आग्रह गरेका छन् ।

ansan1
विभिन्न राजनीतिक दल, भातृ सङ्गठन, सङ्घसंस्थाले आमरण अनशनस्थल नै पुगेर ऐक्यबद्धता जनाएका छन् । अनशनरत युवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नसमेत उनीहरुले माग गरेका छन् ।

योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी, रोजगारी दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनुपर्ने, बेराजगार भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर १२ युवा बुधबारदेखि खुलामञ्चमा आमरण अनशनमा छन् ।

अभियानका संयोजक चन्द्रबहादुर थापा ‘सागर’को नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङ्तान तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल र महेश नेपाल आमरण अनशनमा हुनुहन्छ । रासस

 

 

LIVE TV