१९ बैशाख २०७३, आईतवार

देशभर तापको राप बढेको छ । तराई मधेसलाई विर्साउने गरी गर्मी पहाड पसेपछि तराईमा ताप कस्तो होला ? अनुमान गर्दा नै पसिना छुट्ने अवस्था उत्पन्न भएको छ । विगतका बर्षहरुको  गर्मीको कीर्तिमानलाई उछिन्ने गरी मौसम मापक यन्त्रका सुईहरु घुम्न थालेपछि मानिसका घरघरमा पनि पंखाको गति वेग वन्दैछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केहिदिन यता काठमाण्डौको तापक्रम ३४ डिग्री नाघेको छ । अघिल्लो हप्ता ३०÷३२ डिग्रीमा रहेको काठमाडौंको तापक्रम पछिल्लो हप्ता ह्वात्तै बढेको छ । भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, बिराटनगरका तराईका जिल्लाहरुमा तापक्रम ४२ डिग्री नाघेको छ । तापक्रम बढ्नुको कारण बरिष्ठ मौसमविद समिर श्रेष्ठको निष्कर्ष यस्तो छ ।

केहि दिन भित्रै पूर्वी र मध्य पश्चिमका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेकाले  तापक्रममा सुधार आउने मौसमविद श्रेष्ठले बताउनुभयो । देशका अधिकांश भागमा क्षणिक वर्षाको संभावना भएकाले  तुलनात्मक रुपले कम गर्मी हुने पनि उहाँको भनाई छ ।

अघिल्लो बर्षको तुलनामा यो बर्ष बैशाख महिनामा मै उच्च रुपमा तापक्रम बढेपछि गर्मीसंगै जनजिबन समेत प्रभाबित बनेको छ । बढ्दो गर्मीले मध्य दिउँसो उपत्यकाका सडकमा सर्बसाधारणको चहलपहल समेत पातलिएको छ । त्यससंगै अत्याधिक गर्मी र तातो हावाका कारण तराईका जिल्लाहरुमा जनजीवन निकै कष्टकर बनिरहेको छ । अत्याधिक गर्मी हुन थालेपछि उपत्यकालगायत मुलुकभरका अस्पतालमा विरामीको चाप बढेको छ  ।

 

LIVE TV