१९ बैशाख २०७३, आईतवार

शैक्षिक क्षेत्रमा सुधारिन नसकेको समस्या नै बनेको पाठ्यपुस्तकको अभाव । हेरक बर्ष यो वहसको विषय नै बन्न छ र सरोकारवाला निकायहरुको प्रतिबद्धता हुन्छ यसपटक पाठ्यपुस्तकको अभाव हुदैन । तर यो प्रतिबद्धता पुस्तक बनेर विद्यार्थीको हातमा भने कहिल्यै पुग्न पाएको छैन ।

stu1

हरेक वर्षको शैक्षिक सत्रको सुरुसँगै  पुस्तक अभाव देशभरै हुने गरेको छ । यो वर्ष पनि पुस्तकको अभावले ब्यापकता पाएको छ । उपत्यका भित्रैको शहर भक्तपुर पनि पाठ्य पुस्तकको अभावबाट अछुतो रहन सकेन् ।

शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा जनक शिक्षा सामग्री रहेकै जिल्ला भक्तपुरका सामुदायिक विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न पाएका छैनन् । शिक्षा बिभागका महानिर्देशक खगराज बरालले बिकट जिल्ला पहिलो प्राथामिकतामा पर्ने र उपत्यकाभित्रका जिल्ला अन्तिम प्राथामिकतामा पर्ने भएकाले समेत उपत्यकाभित्र पुस्तक पु¥याउन ढिला भएको बताउनु हुन्छ ।

एका तर्फ सरकारले अभियान सञ्चालन गरेको छ अर्को तर्फ उपत्यका भित्रै पुस्तकको अभाव बिद्यार्थीले खेप्नु परेको छ । भक्तपुरका बिभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरु शैक्षिक सत्रको सुरुवातसँगै पुस्तक आफ्नो हातमा नहुँदा अध्ययनमा कठिनाइ भोग्नु परेको गुनासो पोख्छन् ।

सामुदायिक बिद्यालयका प्रधानाध्यापक महेन्द्र गोपाल कर्माचार्य सरकारले बिद्यार्थीको तथ्याँक संकलन गरेर बेलैमा पुस्तक उपलब्ध नगराउनाले हरेक बर्ष यस्तै समस्या दोहोरिने गरेको अनुभव सुनाउनु हुन्छ । शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यालय खुले पनि पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको गुनासो पनि कर्मचार्यको छ ।

 

 

 

LIVE TV