१९ बैशाख २०७३, आईतवार

काठमाडौं, आयोजीत एक प्रेसमिटमा फिल्म ‘द विनर’को पोष्टर र गीत रीलीज भएको छ । डायमण्ड स्टार फिल्मस्को ब्यानरमा उक्त फिल्मलाई निर्माण गरीएको हो । फिल्मलाई हिकमत बिष्टले निर्देशन गरेका हुन् ।

IMG_5556 - Copy

फिल्मको उक्त पोष्टर र गीत रीलीज कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्याक्ष राजकुमार राई प्रमुख अतिथि रहेका थिए । त्यस्तै आयोजीत कार्यक्रमलाई फिल्मका सम्पुर्ण युनिटका साथै पत्रकारहरुले साथ दिएका थिए ।

IMG_5564 - Copy
‘द विनर’फिल्म भदौ १७ गते बाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्मलाई श्रृजना शाह र बिकास खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
उक्त कार्यक्रममा फिल्म द वीनरको सार्वजनीक पोष्टरको चर्चा भयो । उक्त पोष्टरलाई हलीउड फिल्म फास्ट एण्ड फ्युरीयसको जस्तो भएको प्रतिकृया पायो तर फिल्मका निर्देशक हिकमत बिष्टले भने फिल्म छ एकान छ जस्तो लागेको बताए ।

IMG_5594

त्यस्तै फिल्मको ट्रेलरको पनि चर्चा भयो । ट्रेलर भने बलिउड फिल्म रेस को जस्तो भएको प्रतीकृया पायो । फिल्मको पोष्टर र ट्रेलरले यस्तो चर्चा पाउँदै गर्दा यसै फिल्मका नायिका मलीना जाशीले त्यस लेभलको फिल्म बनेको खण्डमा आफुहरु सफल हुने बताईन् । साथै फिल्मको सुटिङमा भएको कठिनाईहरु पनि पहिल्याईन् ।

IMG_5573 - Copy

फिल्म ‘द विनर’को पोष्टर र गीत रीलीज हुदै गर्दा राम्रा राम्रा प्रतिकृयाहरु पनि पाईरहेको छ । रीलीज भएको उक्त गीत र पोष्टरमा केहि नयाँ शैलीहरु पनि देखिएको छ ।
फिल्मको छायाङकन भने दुवई,नेपाल, र अष्ट्रेलीयामा गरीएको छ । फिल्मको कथा महेश मान श्रेष्ठले लेखेका हुन् । भने, फिल्ममा मलीना जोशी,महेशमान श्रेष्ठ,अमीत गीरी,मचीन शाक्य,रेशु तामाङ,राज कुमार पन्त लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

IMG_5621  IMG_5612 IMG_8581

IMG_8578

IMG_5556 - Copy IMG_8591

LIVE TV