१९ बैशाख २०७३, आईतवार

अङ्कारा -टर्कीमा प्रतिबन्धित पार्टी कुर्दिस वर्कर पार्टी (पिकेके) ले आइतबार गरेको एक रकेट आक्रमणमा तीन सरकारी सैनिकको मृत्यु भएको छ ।

turkey
टर्कीको दािक्षणपश्चिम इलाकामा गरिएको यस आक्रमणमा परी अन्य १४ जना सैनिक घाइते भएका टर्की सैनिकद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

आइतबार विहान सिरियाको सीमाक्षेत्रमा रहेको मर्दिन प्रान्तको नुसेबिन सहरमा टर्की सैनिकद्धारा पिकेकबिरुद्ध जारी कारबाहीको क्रममा तीन सैनिकको मृत्यु हुनुको साथै अन्य १४ घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

टर्की सरकार र पिकेकेबीच जारी युद्दविराम गत जुलाईबाट तोडिएपछि टर्की सैनिकले जारी राखेको कारबाहीको क्रममा हजारौं पिकेके सदस्यहरु मारिएका छन्, भने २६० भन्दा बढी सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएका छन् । रासस÷एएफपी

 

LIVE TV