१९ बैशाख २०७३, आईतवार

केन्यामा एकसय टन भन्दा बढी अफ्रिकन हात्तीको दाह्रा जलाइएको छ । केन्याको राजधानी नैरोवी शहरको राष्ट्रिय उद्यानमा ६ हजार सात सय हात्तीको एकसय टन भन्दा बढी दाह्रा जलाइएको हो ।

kenya h

हात्तीको दाह्रा जलाउने क्रममा केन्याका राष्ट्रपति उहुरु केन्याटाले हात्तीको दाह्राको व्यापार हामी गर्दैनौ, हाम्रो हात्ती वा हाम्रो प्राकृतिक हामी संरक्षण गर्छौं भन्दै जलाएको बताए । अफ्रिकन हात्तीको दाह्राको व्यापार बन्द गर्न र हात्ती संरक्षण गर्न भन्दै अफ्रिकन देशका नेताहरुको बैठकपछि हात्तीको दाह्रा जलाइएको हो । विशेषज्ञहरुले अबको एक दशकमा अफ्रिकामा हात्ती लोप हुन सक्ने बताएका छन् ।

अफ्रिका महादेशको बोस्टवानाका राष्ट्रपतिले हात्तीको दाह्रा जलाउने कामको विरोध गर्दै बैठकमा भाग लिएनन् ।  उनले हात्तीको दाह्रा जलाउनाले झन अवैध व्यापार हुने बताए ।

LIVE TV