१९ बैशाख २०७३, आईतवार

बंगलादेशको तांगेल जिल्लामा अज्ञात समुहले फेरी एक हिंदु सूचीकारको हत्या गरेका छन् ।  शनिवार दिउँसो आफ्नो पसलमा काम गरिरहेको अबस्थामा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चक्कु प्रहार गरेर हत्या गरी भागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

bangla

मारिनेको नाम निखिर जोआदर रहेको र उनको घटना स्थलमा नै मृत्यु भएको बताइएको छ । घटनास्थलबाट प्रहरीले चार वटा बम पनि बरामद गरेको छ । उनलाई सन् २०१२ मा इस्लामविरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरि पछि पुनः रिहा गरिएको थियो ।

हत्याको कारण नखुलेपनि इस्लामविरोधी अभिव्यक्ति दिएको कारण हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । बंगलादेशमा पछिल्लो समय विभिन्न बाहानामा हिन्दु र इस्लामबीच मतमतान्तर हुँदै आएको छ । इस्लाम विरुद्धमा लेख्ने ब्लगरहरुको हत्या गर्ने क्रम तिब्र बनेको छ । बंगलादेशमा विद्रोहि समुह इस्लामिक स्टेट आइएसको प्रभाव बढेको आशंका गरिएको छ ।

 

 

 

 

LIVE TV