१९ बैशाख २०७३, आईतवार

आखिर किन लाग्यो बोल्नमा प्रतिबन्ध?

गोपाल किरातीएकीकृत माओवादीले पार्टीका स्थायी समिति सदस्य गोपाल किरातीलाई पार्टी नीतिभन्दा बाहिर गएर नबोल्न चेतावनी दिएको छ ।

बैशाख १६ र १७ गते बसेको स्थायी समिति वैठकमा किरातीको अभिव्यक्तिका विषयमा छलफल भएको थियो । त्यसपछि वैठकले किरातीलाई अनुशासनको घेरा नतोेडन चेतावनी दिएको हो । किरातीले सरकारको विषयमा पार्टी नीति विपरित बोलेको एमाओवादीका नेताहरुको भनाई छ ।

उनको यो अभिव्यक्तिलाई लिएर महासचिव कृष्णबहादुर महरा र सचिव बर्षमान पुनले आलोचना गरेका थिए । उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्ति बस्नेतको पनि किरातीले आलोचना गरेका छन् । किरातीले आफुले पार्टी अनुशासन मान्दै आएको बताएका छन् । उनले सरकार ढाल्ने विषयमा आफ्नो मत यथावत रहेको पनि बताए ।

किराती ओली नेतृत्वको गठबन्धन राष्ट्रिय हित विपरित जान थालेको निश्कर्षसहित यसका विकल्प खोज्नुपर्ने बताएका थिए । उनले ओली सरकार जति दिन टिक्छ, त्यसको मार माओवादीले त्यतिै नै पर्ने दावी गरेका थिए।

यसबाहेक किरातीले विभिन्न सञ्चार माध्यमहरुलाई दिएको अन्तर्वार्ताका विषयमा पनि एकीकृत माओवादीभित्र बबाल मच्चिएको छ । किरातलीले धम्काएर पद, पैसा र प्रतिष्ठा हासिल गर्ने प्रवृृति पार्टीभित्र बढेको बताएका थिए । उनले यो यो प्रवृति रोल्पाका नेताहरुमा बढी देखिएको भन्दै यसलाई रोल्पावादको संज्ञा दिएका थिए ।

 

 

LIVE TV