१९ बैशाख २०७३, आईतवार

सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।

Onsari-Ghartimagar-UCPN_760289648 संसद अधिवेशन, प्रि–बजेट छलफललाई कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन्।छलफलमा संसद बैठकका एजेन्डाका विषयमा कुराकानी हुने सभामुखको सचिवालयले जनाएको छ।
सभामुखले शीर्ष नेताहरुसँग प्रि–बजेटको छलफललाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि परामर्श गर्ने छिन्। शीर्ष नेताहरुसँगको छलफलपछि सभामुखले अपरान्ह ४ बजे प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। व्यवस्थापिका संसदको बैठक वैशाख २१ गते बोलाइएको छ।

LIVE TV