१९ बैशाख २०७३, आईतवार

‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ फिल्मको कुमारी हलमा अतिथीहरुको लागी च्यारीटि शो गरीएको छ । उक्त च्यारीटि शोमा अतिथीहरुका साथै कलाकार उपस्थीत भएका थिए । सुन्तलीलाई भगाई लग्यो झिल्केले निकै चलेको बोलको गीत हो । अहिले यसै बिषयमा पनि पर्दामा फिल्मको रुपमा हेर्न पाईएको छ । फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’लाई कमेडि बिषय बस्तुलाई रमाईलो पारामा प्रस्तुत गरीएको छ । त्यस्तै पहिलेको ग्रामीण परीबेशको कथालाई फिल्ममा प्रस्तुत गरीएको छ । च्यारीटी शोमा उपस्थित भएका फिल्मका निर्माताको साथै कलाकारहरुले आ आफ्नो कुरा पनि राखे ।

vlcsnap-2016-05-01-12h17m49s264
फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को निर्माताको रुपमा ऋषी राज आचार्य रहेका छन् । साथै फिल्मको निर्देशक र स्क्रीप्ट राईटर पनि निर्माता आचार्य नै रहेका छन् । त्यस्तै फिल्मको संगीत अर्जुन पोखरेल र बिपिन आचार्यको रहेको छ ।

vlcsnap-2016-05-01-11h40m01s917
कमेडि बिषय बस्तुलाई प्रस्तुत गर्ने फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’मा सुर्जनी केसि,सुसिल सिटाला, सुसान्त कार्की,शिशिर भण्डारी, लगाएत कलाकारहरुले लीड रोलमा अभिनय गरेका छन् । फिल्मको निर्माण पक्षले फिल्मलाइ आउँदो तीजको अवसर पारेर दर्शक माझ प्रदर्शनमा ल्याउने तयारीमा रहेका छन् ।

vlcsnap-2016-05-01-11h38m55s510

vlcsnap-2016-05-01-11h37m31s461

LIVE TV