१९ बैशाख २०७३, आईतवार

पथरी (मोरङ)। वाणी प्रकाशन विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको ‘रूपात्रेय–शान्ता वाणी पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकारलाई प्रदान गरिएको छ ।

rochak-ghimireशनिबार विराटनगरमा आयोजित कार्यक्रममा घिमिरेलाई वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराईले पुरस्कार र सम्मानपत्र समर्पण गर्नुभएको थियो । भाषाशास्त्री बालकृष्ण पोखरेलले श्रीमती शान्ताको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो ।

कार्यक्रममा भट्टराईले रचना साहित्यिक पत्रिकाका सम्पादकसमेत रहनुभएका घिमिरेलाई नगद रु ३० हजार र सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै सोही अवसरमा आयोजित प्रतियोगितात्मक महिला कविगोष्ठीमा कवयित्री सुमित्रा भट्टराई प्रथम, मीरा पोखरेल द्वितीय, निर्मला कोइराला र अजिता प्रधान तृतीय हुनुभएको थियो ।

त्यस्तै सोही अवसरमा साहित्यकार प्रा डा टङ्क न्यौपानेले ‘झर्रोवादी आन्दोलनको ६० वर्षलाई फर्केर हेर्दा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेल, अग्रज साहित्यकार दधिराज सुवेदी, चूडामणि रेग्मी, शोभा लामा बल, बाबुराम श्रेष्ठ वर्षा, गण्डकीपुत्र, मीनकुमार नवोदित, माया पौडेल, शिवनारायण पण्डित सिंगल, काशीनाथ बराललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LIVE TV