१९ बैशाख २०७३, आईतवार

नायिका प्रियंका चोपडाले विकेण्ड ह्वाईट हाउसको बार्षिक डिनरमा सहभागीता जनाएकी छिन् । सहभागीता जनाएकी प्रियंकाले ओबामा सँग फोटो लिदै ट्विटर मार्फत खुशी पनि ब्यक्त गरेकी छिन् ।

sasaas
उनले ट्वीट गर्दै चार्मिङ बारक ओबामा सँग भेटेर निकै खुशी लाग्यो, मज्जा महशुस भयो भनेकी छिन् । यति मात्रै नभएर प्रियंकाले आफ्नो ईन्स्टाग्राममा ओबामा र मिसेल सँगको फोटो पनि सेयर गरेकी छिन् ।

उनले सेयर गरेकी फोटोमा उनि कालो ड्रेसमा निकै खुशी मुद्रामा देखिएकी छिन् ।
केहि दिन पहिले नै प्रियंकाले उक्त डिनरको लागी सहभागीता जनाउने की नजनाउने भन्ने कुरामा उनले ट्वीटर मार्फत सहभागीता जनाउँछु भनेकी थिईन् ।


ह्वाईट हाउसको उक्त करेष्पोण्डेन्टस् डिनरमा नायिका प्रियंका चोपडाका साथै विल स्मीथ,केरी वासिङटन, किम कार्देसियन लगाएतका अन्य चर्चीत हस्तीहरुले सहभागीता जनाए ।

priyanka-chopra_sm_650_050116100317
उक्त डिनर पार्टीको लागी बारक ओबामाले प्रियंकालाई निम्तो पठाएका थिए । ओबामाले प्रत्येक वर्ष ह्वाईट हाउसमा बार्षिक डिनरको प्रोग्राम राख्ने गरेका छन् ।

LIVE TV