१९ बैशाख २०७३, आईतवार

राजविराज। भारतबाट रु एक लाख मूल्य बराबरको भन्सार छलेर बेग्लाबेग्ले तीनवटा साइकलमा ल्याउँदै गरेको जुत्ता, चप्पल आज सप्तरीको बरहीवीरपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

चप्पल बरामदतीनवटा बोरामा प्याक गरेर ल्याउँदै गरेको सो जुत्ता, चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको जुत्ता, चप्पल रु एक लाख मूल्य बराबरको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बरामद गरिएको सामान भन्सार कार्यालय राजविराजमा आजै बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LIVE TV