१९ बैशाख २०७३, आईतवार
नर्विच सिटीलाई पराजित गर्दै आर्सनलले प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाएको छ।गएराति भएको खेलमा नर्विच सिटीलाई १–० ले पराजित गर्दै आर्सनलले शीर्ष चारमा पर्ने सम्भावनालाई थप बलियो बनाएको हो।
 timthumb (6)
अार्सनलका लागि खेलको ५९ औँ निमेटमा ड्यानी वेलवेकले गरेको गोल नै निर्णायक बन्यो। जितपछि आर्सनल ३६ खेलबाट ६७ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको ३५ खेलबाट ७६ अंक छ भने दोस्रो थानमा रहेको टोटनह्यामको ३५ खेलबाटै ६९ अंक छ। आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६४ अंक छ।

LIVE TV