१९ बैशाख २०७३, आईतवार
स्पेनिस लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ। गएराति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो।
timthumb (5)पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको थियो।
खेलको ५० औँ मिनेटमा राकेटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ८१ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनालाई २–० ले विजयी भयो।
यसैवीच गएराति नै भएको खेलमा रायो भ्यालिकानोलार्इ एथ्लेटिको मड्रिडले १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनमा माथि दबाब कायमै राखेको छ। एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्राइजेम्यानले खेलको  ५५ अाैं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितपछि बार्सिलोनाको ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट ८५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ८४ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ।

LIVE TV