१९ बैशाख २०७३, आईतवार

रियल म्याड्रिडका फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमा घाइते भएका छन् ।

cristiano-ronaldo-karim-benzemaदुवैले शनिबारको ला लिगाअन्तर्गत रियल सोसिडाडविरुद्वको खेल गुमाएका छन् । दुवै खेलाडी घाइते भएपछि लिग उपाधि जित्ने सम्भावना रहेको रियललाई ठूलो घाटा पर्ने भएको छ ।

यस्तै, च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्व आगामी बुधबार हुने सेमिफाइनलको निर्णायक दोस्रो लेगमा दुवै खेलाडी फिट हुने शंका छ । यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

LIVE TV