१९ बैशाख २०७३, आईतवार

शक्ती नेपालका संयोजक बाबुराम भट्टराईले मधेसलाई बेवास्ता गर्दा राष्ट्रियता बलियो नहुने बताएका छन् ।

baburam5उनले राष्ट्रिय एकताका लागि सबै जातजातीले उच्च सम्मानका साथ राज्यको मूलधारमा सहभागि हुन पाउनु पर्ने धारणा राखे । संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणाली ठिक नभएको बताउदै अहिलेको संसदीय व्यवस्था खच्चड शैलीको भएकोले यसले राजनीतिक स्थायीत्व नल्याउने बताए ।

उनले भनेुप्रत्यक्ष निर्वाचित राष्ट्रपति र जनतामा राईट टु रिजेक्टको अधिकार नभएसम्म स्थायित्व आउदैन । राजनीति भ्रष्टचारको पर्याय भएको बेलामा नया शक्तीले त्यस परम्पराको अन्त्य समेत गर्ने उनले दावि गरे । उनले आफ्ना एक कार्यकर्तालाई अदालत दोषी ठहर गरेकोमा तत्कालै कारवाही गरिएको र आफूहरुले चन्दालाई पनि बैंक मार्फत पारदर्शी गर्ने अभियान चलाएको बताए ।

राष्ट्र एकीकरणदेखी प्रजापरिषद सम्म र राणादेखी लोकतान्त्र सम्म आउदा पनि जनताका समस्या जस्ताका तस्तै रहेकाले आफूहरुले विकास र समृद्धिलाई केन्द्रमा राखेर मुलुकलाई समृद्ध बनाउन पुरानाले हुदैन नया सोच चाहिन्छ भनेर नया शक्ती निर्माण गरेको बताए ।

उनले यो पार्टी कुनै पुरानो पुस्तौनी ट्रेडमार्क धारी पार्टी नभइ जनताको माझबाट आएका विचारबाट जन्मेको पार्टी भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV