१९ बैशाख २०७३, आईतवार
एमालेका प्रवाससहित २२ भ्रातृ संगठन छन् । तीमध्ये सात भ्रातृ संगठनले विधानविपरीत कार्यकाल गुजारेको वर्षौँ भएको छ। ती संगठनले समयमा अधिवेशन गरेका छैनन्। अधिवेशन गरेका संगठनमा पनि विवाद छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
umlअधिवेशनविनै दश वर्ष
 ०६२/६३ को आन्दोलनपछि एमालेले जनजाति र अल्पसंख्यकलाई समेट्न नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गठन गर्‍यो। ३ असोज ०६३ मा हालका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ महासंघको तदर्थ समिति अध्यक्ष चुनिए। महासंघको विधानमा नेतृत्वको कार्यकाल चार वर्ष उल्लेख छ । तर, १० वर्षपछि महासंघले आगामी २९ जेठमा काठमाडौंमा प्रथम अधिवेशन आयोजना गर्दै छ।
किसान महासंघमा निरन्तर एउटै नेतृत्व
 अखिल नेपाल किसान महासंघले नौ वर्षपछि गत २७ चैतमा अधिवेशन गरेको छ । यसअघि किसान महासंघको अधिवेशन ०६४ मा भएको थियो। विधानको व्यवस्था नै संशोधन गरेर एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम तेस्रोपटक अध्यक्षमा चुनिएका छन्।
अनेरास्ववियुमा विवाद
 एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा पार्टीको संस्थापन र माधवकुमार नेपाल पक्षबीच विवाद छ। दुई महिनाअघि अखिल अध्यक्षमा संस्थापननिकट नवीना लामा निर्वाचित भइन्। कमिटीमा लामा पक्षकै बहुमत छ। तर, नयाँ नेतृत्वले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी नियन्त्रणबारे आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बोलाएर कार्यक्रम गरेको भन्दै नेपाल पक्षले प्रतिवाद गरेपछि अखिलमा दुई पक्षबीच विवाद चर्किंदै गएको छ।
युवा संघमा पनि विवाद
 युवा संघ नेपालको अहिलेको नेतृत्वले पनि समयमै अधिवेशन गर्न नसकेर तीन महिना गुजारेको छ। निरु पालले बिदा लिएपछि गत असोजमा अध्यक्ष चुनिएका राजीव पहाडीले एक वर्षभित्र अधिवेशन गर्ने बताउँदै आएका छन्। ‘आगामी २९ र ३० जेठमा बस्ने केन्द्रीय कमिटीमा अधिवेशनका विषयमा छलफल हुनेछ,’ संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले भने। संघमा लामो समयदेखि विधानको विषयमा विवाद चल्दै आएको छ।
अनेमसंघको धिवेशनको टुंगो अझै लागेन
 अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन्। तीनवर्षे कार्यकाल सकिएकाले डेढ वर्षअघि भण्डारीकै पालामा अधिवेशन हुनुपर्ने थियो।
तर, भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि गत मंसिरमा उनले राजीनामा दिइन्। रिक्त पदको जिम्मेवारीमा अहिले वरिष्ठ उपाध्यक्ष गोमा देवकोटा छिन्। तर, संघको अधिवेशनको टुंगो अझै लागेको छैन। ‘अब छलफल गर्छौँ,’ देवकोटाले भनिन्।

LIVE TV