१८ बैशाख २०७३, शनिबार

भ्रष्टाचारी जेल परुन् भन्ने मुल नाराका साथ लियो क्लब अफ काठमाण्डौ मार्गदर्शनले काठमाडांैमा भ्रष्टाचार बिरुद्धको अभियान स्वरुप एक कार्यक्रमको आयोजना गरेको छ । मुलुकको हरेक क्षेत्रमा ब्याप्त भ्रष्टाचारकै कारण मुलुक समृद्ध हुन नसकेको कारण उक्त अभियान संचालन गरिएको बताईएको छ ।

कार्यक्रममा सरकारका पूर्व मुख्य सचिब लीलामणि पौडेलले भ्रष्टाचारलाई प्रषय दिनमा समाजका हरेक व्यक्तिको भुमिका रहेकोले म बाटै यसको अन्त्य हुन्छ भन्ने भाबनाको बिकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका एसएसपी सर्बेन्द्र खनालले भ्रष्टाचार न्युनीकरण तथा अन्त्य गर्नका लागि अपनत्वको भावनाको विकास गर्नुपर्ने तथा भ्रष्टाचार नगर्ने अनि नसहने बानीको विकास गर्नुपर्ने तर्फ सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

पूर्व सभासद् एवं एमाले नेतृ शान्ता चौधरीले भ्रष्टाचारको अन्त्य लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी पत्रकार रवीन्द्र मिश्रले सुशासन अभाव हुँदा मुलकको आर्थिक समृद्धि रोकिएको जनाउदै समुन्नत समाजका लागि भ्रष्टाचार रोक्न आवश्यकता रहेको औल्याउनुभयो ।

त्यसैगरी न्यूज २४ का टिभी जर्नलिष्ट प्रेम बानियाँले भ्रष्टाचारले मुलुकको विकासको गति रोक्ने भएकोले यस बिरुद्ध सबै जना एक जुट भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सबै बक्ताहरुले भ्रष्टाचार बिरुद्धको अभियानमा ऐक्यबद्धता जनाउदै भ्रष्टाचारको अन्य आफुबाटै गर्ने प्रतिबद्धता उल्लेख गरेका थिए ।

LIVE TV