१८ बैशाख २०७३, शनिबार

मुलुकी ऐन संशोधन गर्ने गरी बनाइएको देवानी तथा फौजदारी संहिता २०७१ लाई आधुनिक र व्यवहारिक बनाउन सरोकारवालाहरु संग राय सुझाव लिने कार्य शुरु गरिएको छ ।

court

शनिवार विराटनगरमा व्यवस्थापिका संसदको विधायन समितिले शुरु गरेको राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले कानुन व्यवहारिक मात्र नभई सजाय पनि व्यवहारिक हुनुपर्ने धारणा व्यक्त गरेका थिए । देवानी तथा फौजदारी संहिता सोझो रुपमा जनता प्रति केन्द्रित हुने भएकाले संहिता जनमुखी हुनुपर्ने धारणा सहभागिहरुको थियो ।

वि.सं. १९१० मा जारी भएको मुलुकी ऐनको प्रतिस्थापनका लागि ५ वटा विधेयकहरु संसदमा विचाराधीन रहेकोले सम्बन्धित सरोकारवालाहरुको सुझाव अनुसार संशोधन गरी कानुन बनाइने बताइएको छ । राय सुझाव संकलन कार्यक्रम पूर्व महान्यायाधिवक्ताहरु बद्री बहादुर कार्की र राघवलाल वैद्यले संहिता बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LIVE TV