१८ बैशाख २०७३, शनिबार

२०३२ सालमा अर्नाको संरक्षणको लागि स्थापना गरिएको सुनसरी स्थित कोशी टप्पु वन्य जन्तु आरक्ष संकटमा परेको छ । नेपालको पहिलो रामसार क्षेत्रको रुपमा रहेको आरक्ष सरकारको ठोस नीति नहुदा संकटमा पर्दै गएको हो ।

koshi tt

नेपालको पहिलो रामसार क्षेत्र तथा नेपालमा पाइने मध्ये सवै भन्दा धेरै ५सय २ प्रजातिका चरा र विश्वमै दुर्लभ अर्ना पाइने दोश्रो क्षेत्र कोशी टप्पु बन्य जन्तु आरक्षमा रहेका वन्य जन्तुहरुको संरक्षणमा समस्या हुन थालेको छ । पछिल्लो समय वन्यजन्तुको संख्यामा वृद्धि हुदै गएको भएपनि  कोशीको कटान सगै  मानव र वन्यजन्तु द्धन्द्ध, कोशी कटान लगाएतकाकारण संरक्षणमा समस्या सुरु भएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहको भनाई छ ।

आरक्ष क्षेत्र विश्वमा परिचित क्षेत्र भएकोले संरक्षणको लागि राज्य सगै स्थानीयहरु समेत लागि पर्नु पर्ने राष्ट्रिय  प्रकृति संरक्षण कोषका सदस्य सचिव  गोविन्द गजुरेलको भनाई छ ।

पुर्वी नेपालको पर्या पर्यटकीय  क्षेत्रको रुपमा रहेको आरक्षमा कुल क्षेत्रफलको २.४ प्रतिशत क्षेत्रमात्र वन क्षेत्र रहेको तथा मानव वन्यजन्तु द्धन्द्ध र भुपरिस्थितिको संरक्षण  आरक्षको मुख्य चुनौती रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महा निर्देशक फणिन्द्र गजुरेलले भनाई छ । स्थापना कालमा ७३ अर्ना रहेको सो क्षेत्रमा हाल ४सय ३२ पुगेको छ ।

३ सय ४८ वर्ग किलोमिटरमा  फैलिएको आरक्षका    १सय ७३ वर्ग किलोमिटर आरक्षको मध्यवर्ती क्षेत्रको  रुपमा रहेको छ । सुनसरी र उदयपुर जिल्लाको भुमागमा रहेका आरक्षमा अर्ना , विभिन्न प्रजातीका चरा सगै जंगली हात्ति लगायतका वन्य जन्तुहरु रहेको छन् ।

 

LIVE TV