१८ बैशाख २०७३, शनिबार

राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले नवलपरासीमा एक मदिरा बिक्री केन्द्रमा छापा मारी २५० कार्टुन अबैध मदिरा बरामद गरेको छ । बरामद गरिएको अधिकांश मदिरामा अन्त शुल्कको स्टिकर लगाईएको छैन ।

madira

उद्योग संचालक र बिक्रेताको मिलोमतोमा राजश्व छली अबैध मदिराको कारोबार गरेको भन्दै टोलीले सदरमुकाम परासीस्थित रामग्राम ५ मा न्यू परासी सप्लायर्समा टोलीले छापा मारेको थियो ।

टोलीले छापा मार्दा सप्लायर्सको भित्र पट्टी गोदाममा लुकाई राखिएको अवस्थामा २५० कार्टुन मदिरा बरामद गरेको टोलीले जनाएको छ । बरामद गरिएको अधिकांश मदिरामा अन्त शुल्कको लेबल (स्टिकर) लगाईएको छैन । बरामद गरिएको अबैध मदिरा नवलपरासीको सुनवल स्थित लायन डिष्टीलरीबाट उत्पादित सौफी किस मिस ब्राण्डको मदिरा हो ।

अन्तःशुल्कको लेबल स्टिकर बिनानै सो मदिरा बिक्री बितरण गरि राजश्व छलि गरेको आरोपमा टोलीले सो साप्लायर्समा छापा मारेको थियो ।

श्याम अग्रवालको नाममा रहेको सो सप्लायर्समा आर्थिक लगानी गर्ने खाद्यन्न ब्यापारी सुवास अग्रवाल र उनका ब्यवसायिक साझेदार पेट्रोलियम ब्यावसायी बालगोबिन्द जैसवाल हुन् ।

 

LIVE TV