१८ बैशाख २०७३, शनिबार

मे दिवस २०१६ को सन्दर्भमा आयोजित खुल्ला दौड प्रतियोगीतामा महिला तर्फ रचना घिसिङ र पुरुष तर्फ सिद्धि बहादुर बुडाथोकीले उपाधि जितेका छन् ।

मजदुर दिवसको अवसरमा मदन भन्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा राजधानीमा शनिबार सम्पन्न खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ सिद्धिबहादुर प्रथम भएका हुन् । उनले दुई किलोमिटरको दुरीमा दुई सय प्रतियोगीलाई पछिपार्दै पहिलो भएका हुन् ।

त्यसैगरी सुनिल गुरुङ र लक्ष्मण फुयाल क्रमश दोस्रो र तेस्रो भएका छन् । यता महिला तर्फ भने रचना घिसिङले पहिलो स्थान हासिल गर्दा सृजना घिसिङ र नितु तामाङ तेस्रो भईन् ।

प्रतियोगीतामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश पाच हजार तीन हजार र दुई हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

 

LIVE TV