१८ बैशाख २०७३, शनिबार

टेस्ट अफ नेपाल यूके (फोटो फिचर) गणेश पाण्डेय, युरोप। बेलायत को नेपाली डायस्पोरा को इतिहास मा पहिलो पटक कुनै कार्यक्रम एस्तो पृथक शैली मा सम्पन्न भयो, जहाँ न त कसैलाई खादा र माला नै ओडाइयो, न त पट्यारलाग्दो आसन ग्रहण र भासन नै गरियो ।

x1

कार्यक्रम थियो – टेस्ट अफ नेपाल -यूके को पुस्तक तथा वेव साइट बिमोचन , जसको उदघाटन संयुक्त रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, बेलायति सांसद विरेन्द्र शर्मा तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत तेजबहादुर छेत्रीले गर्नुभएको थियो।

x2

बेलायत स्थित नेपाली राजदुतावास मा सम्पन्न सो कार्यक्रम पृथक अनि बेलायती शैलीमा सम्पन्न भएकोले सो कार्यक्रममा उपस्थित पाहुनाहरुले खुलेर प्रशंशा गरेका थिए भने कार्यक्रम पत्रकार संगीता मरहट्टा ले संचालन गरेकी थिइन ।

१२५ वटा भन्दा बढी नेपाली रेस्टुरेन्ट रहेको बेलायतमा आज भोलि नेपाली खानाहरु लोकप्रिय हुँदै गएको धारणा रेस्टुरेन्ट ब्यवसायीहरुको छ l अधिकाँश रेस्टुरेन्ट ब्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नेपाल सरकारले पनि महत्वपूर्ण रुपमा लिएको कुरा उपप्रधानमन्त्री कमल थापाको बताउनु भएको थियो l

x4

युरोप को नेपाली डायस्पोरा मा हुने अधिकांस कार्यक्रम हरु खादा, माला , आसन र भाषण ले गर्दा आगन्तुक पाहुनाहरु जहिले पनि दिक्क हुने र खादा, माला, आसन, र भाषण को खासै औचित्य नभएको धेरैको ठम्याई छ। टेस्ट अफ नेपाल यूके को कार्यक्रम सम्पन्न शैली बाट अन्य संघ संस्था हरुले पनि केहि सिक्नुपर्ने आजको अपरिहार्य आवश्यकता पनि हो। फोटो : एभरेष्ट गौतम

 

LIVE TV