१८ बैशाख २०७३, शनिबार

भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।

भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।

शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ ।

शिविरमा स्वास्थ्य, वन, कृषि, पशुसेवा, महिला विकास, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैकलगायतका कार्यालयको सेवा प्रवाह भएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । रासस

 

LIVE TV