१८ बैशाख २०७३, शनिबार

काठमाडौं, आयोजीत एक कार्यक्रममा नेपाली सेलिब्रेटिहरुले कलाकारीता सँगै अन्य साईड काम गर्नको लागि ‘हिमालयन अर्गानीक सेलीब्रेटि उत्पादन’ एक संस्थाको पनि शुभारम्भ गरेका छन् । स्वस्थकर बनौ का साथै नेपाली अर्गानीक उत्पादनहरुलाई बिश्वब्यापिकरण गर्ने यस संस्थाको उदेश्य रहेको बताइएको छ । उक्त कार्यक्रममा बरिष्ठ फिल्मकर्मी बसुन्धरा भुसाल, अभिनेता नवल खड्का लगाएतका कलाकारहरुका साथै पत्रकारहरु उपस्थीत थिए ।

vlcsnap-2016-04-30-13h29m56s356
नेपाली सेलिब्रेटिहरुले साईड बिजनेस स्वरुप उक्त संस्थालाई सञ्चालनमा ल्याएका हुन् । यस संस्थाले मुख्य रुपमा अर्गानीक ग्रिन टि र कफि लाई उत्पादन तथा बिक्रि बितरण गर्ने भएको छ । यसरी अर्गानीक रुपमा उत्पादन गरीएको प्रोडक्टहरुलाई बिश्वब्यापीकरण गर्न पनि लागी पर्ने यस संस्थाको उदेश्य रहेको छ ।

vlcsnap-2016-04-30-13h27m57s246
‘हिमालयन अर्गानीक सेलीब्रेटि उत्पादन’ उद्घाटन कार्यक्रममा उपस्थित भएका सेलीब्रेटीहरुले आ आफ्नो भनाईहरु पनि राखे ।
vlcsnap-2016-04-30-13h29m08s598  vlcsnap-2016-04-30-13h30m29s492

LIVE TV