१८ बैशाख २०७३, शनिबार

रामपुर (पाल्पा), १८ वैशाख । रामपुर नगरपालिका–२ पन्थेका रामबहादुर रानाको भिरबाट खसेर मृत्यु भएको छ । वर्ष ५३ का राना शुक्रबार साँझ घाँस काट्न घर नजिकैको डुम्रीखोला खरबारीमा गएको पारिवारिक स्रोतले जनाएको छ ।

mrityu-1साँझ अबेरसम्म घर नफर्के पछि खोज्दै जाँदा राति डुम्रीखोला खरबारीबाट १०० मिटर तल घाइते अवस्थामा भेटिएका रानाको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल ल्याउँदै गर्दा शुक्रबार राति बाटोमै मृत्यु भएको उनका छोरा दिलराम रानाले बताउनुभयो ।

LIVE TV