१८ बैशाख २०७३, शनिबार
निर्वाचन आयोगले कानुन फितलो बनाउदै, ५ सय हस्ताक्षरमा दल दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्दा अब १० हजार हस्ताक्षरको झन्झट हट्ने भएको छ। नागरिक दैनिकमा समाचार छ।
03022016073803election-commission-1000x0आयोगले विधेयकमा अब ५ सय मतदाताको नागरिकतासहित हस्ताक्षर पेस गर्नु पर्ने प्रावधान प्रस्ताव गरेको छ। आयोगमा दर्ता भएका दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन नबुझाएकै कारण धमाधम दल दर्ता खारेज भइरहेको अवस्थामा दर्ता अझै सजिलो पारेको छ।
पाँच सयको हस्ताक्षरमा  दल दर्ता हुनु उपयुक्त नभएको सांसदहरुले टिप्पणी गरेका हुन्।
सांसद भीमप्रसाद आचार्यले पाँच सहय हस्ताक्षरण्को आधार के? भन्दै संख्या बढाउनु पर्नेमा वजोड दिए। सांसद रामेश्वर फुयाँलले पाँच सयको सट्टा एक हजार हस्ताक्षर हुनु पर्न सुझाए।
सांसद गौरीकुमारी ओलीले पाँच सय जनाको हस्तक्षरले दल दर्ता गर्दा राजनीतिक अस्थिरता आउनसक्ने आशंका व्यक्त गरिन्। धेरै दल दर्ता हुँदा सरकार समेत छिटो फेरबदल भइरहेको उल्लेख गरिन्।
प्रस्तावित विधेयकमा कुनै दलको सदस्यता पाउन नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको भए सजाय भुक्तान गरेको मितिले दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
तर, सांसदहरुले फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई पार्टीमै राख्नै नहुने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन्।

LIVE TV