
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको महासचिव भइसकेका अमृत पन्त करिब एक वर्ष अघि नेपाल छोडे। सूचना प्रविधि कन्सल्ट्यान्सी नामक कम्पनी चलाएर एक दर्जन प्राविधिकलाई रोजगारी दिइरहेका उनी न्यूजिल्यान्डमा छन्। कान्तिपुर दैनिकमा समाचार छ।

क्यानकै द्वितीय उपाध्यक्ष भइसकेका नारायण न्यौपानेले पनि गत साता नेपाल छोडेका छन्। उनले राजधानीका विभिन्न सूचना प्रविधिसम्बन्धी कम्पनीमा काम गरेका थिए। केही सफ्टवेयर कम्पनीमा लगानी समेत थियो उनको। उनी अमेरिकामा स्थायी बसोबासका लागि गएका हुन्। अमेरिकामै बस्ने उद्देश्यले गएका हुदँ उनको नेपाल फर्कने सम्भावना एकदमै न्यून रहेको निकटका व्यवसायीहरु बताउँछन्।
सूचना प्रविधिलाई बढ्ता अवसर भएको क्षेत्र मानिन्छ। कमाई पनि यसमा राम्रो छ। तर, यही क्षेत्रका अग्रणीहरु क्रमश पलायन भइसकेका छन्। त्यो संख्या बढ्दो छ।