१७ बैशाख २०७३, शुक्रबार

काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ जिल्लाका लागि रु ११ अर्ब ६७ लाख ७९ लाख थप रकम निकासा गरेको छ ।

puna
गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुली जिल्लामा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूचीअनुसारको रकम उपलब्ध गराउन थप निकासा गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार निकासा गरेको छ । पुँजीगत खर्चतर्फ केन्द्रीय आयोजना एकाइ शिक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, सिँचाइ, खानेपानी तथा सरसफाइ, उद्योग, वन तथा भूसंरक्षण, रक्षा, कृषि विकास मन्त्रालय र सडक विभागबाट पेस हुन आएका कार्यक्रम स्वीकृत गरी रकम निकासा गरिएको छ ।

विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए)मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई आगामी आवका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण पेस गर्न प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो । रासस

 

LIVE TV