१७ बैशाख २०७३, शुक्रबार

‘रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियान’ को नारा लगाउँदै काठमाडौँको खुलामञ्चमा विद्यार्थीहरु सामुहिक अनसनमा बसेका छन् । स्वदेशमा नै रोजगारीको वातावरण सृजनाका लागि सरकारलाई दवाव दिन वैशाख १५ गते देखि विद्यार्थीहरु आमरण अनसनमा बसेका हुन् ।

rojgari

स्नातकोत्तरको पढाई पुरा गरेर पनि देशमा सिप देखाउने ठाउँ नभएको र अन्त्यमा खाडी मुलुक जान बाध्य हुनु परेको भन्दै विद्यार्थीहरु पछिल्लो तीन दिनदेखि काठमाण्डौंको खुल्लामञ्चमा आमरण अनसनमा छन् । विश्वविद्यालयले सर्टिफिकेटको खोक्रो खोल ओढाएर विदेशमा गई पसिना बगाउन बाध्य पारेको अनसनरत विद्यार्थीहरुको आरोप छ । उनीहरुले  स्वदेशमा पढाईको कुनै औचित्य नरहेको र सरकारले रोजगारको सृजना गर्न नसकेको बताए ।

अनसनरत १२ विद्यार्थीहरु मध्ये चार जना छात्रा पनि रहेका छन् ।  सर्टिफिकेट झोलामा राखेर खाडी मुलुकमा जाने र मृत्य् लिएर फर्कनु पर्ने युवाहरुको नियतीका पछाडी सरकारको हात रहेको उनीहरुको आरोप छ ।

 

LIVE TV