१७ बैशाख २०७३, शुक्रबार

पछिल्लो समय दैनिक उपभोग्य खाद्य पदार्थमा हुने मिसावटका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । स्वास्थ्य मन्त्रालयले खाद्यान्नमा मिसावट बढेकोले विभिन्न रोग फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ । खाद्यान्न तथा गुण नियन्त्रण विभागले सक्रियता देखाउन जरुरी रहेको निष्कर्ष पनि स्वास्थ्य मन्त्रालयको छ ।

kk

मिनरल वा इनअर्गानिक रंगहरू जस्तै लेड क्रोमेट, कपर सल्फेट, आइरन अक्साइड आदि स्वास्थ्यका बढी विषाक्त पाइएकाले खाद्य ऐन नियमद्वारा कुनै पनि खाद्यपदार्थमा यी रंगको प्रयोगलाई बन्देज गरिएको भएपनि ब्यवहारमा यसको प्रयोग रोकिएको छैन । दैनिक उपभोग्य बस्तु दाल, चामल, मसलाको धुलो, बेसार, घिउ, खुर्सानीको धुलो, तेल जस्ता सामग्री मार्फत उपभोक्ता दैनिक यस्ता अखाद्य रंगको सेवन गरेर आफ्नो शरीरलाई अस्वस्थ्य बानाउँन बाध्य छौ । स्वास्थ्य मन्त्रालयले पनि दैनिक उपभोग्य बस्तुमा मिसावट बढेकोले यसले स्वस्थ्य समस्या बढेको निष्कर्ष निकालेको छ ।

ब्यापारीले नाफा कमाउने उदेश्यले उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउने अशुद्ध तत्वहरू मिसावट गरिएको पाइए पनि सम्बन्धित निकायको कमजोरीले उनीहरुमाथि कुनै कारवाही हुन सकेको छैन । यही कमजोरीले बजारमा मनपरीतन्त्र बढ्दा त्यस्को असर दैनिकरुपमा उपभोक्ताहरुमा परिरहेको छ ।

दैनिक खानेकुराहरुमा प्राकृतिक खाद्य पदार्थजस्तै देखिने खालको रंग रोगन मानव स्वास्थ्यको लागि घातक हुने पुष्टी भैसकेको छ । त्यसो त स्वीकृत रंग नै पनि स्वीकृत मापदण्डभन्दा बढी तथा लामो समयसम्म प्रयोग गरियो भने त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरा चिकित्सकहरु बताउछन् । बेला बेलामा बजारमा हुने गरेको अनुगमन नाटक मात्र सावित हुँदा उपभोक्ताको हितमा कोही पनि गम्भीर छैन भन्ने पुष्टि बारम्बार भएको छ । राज्यले नै कठोर कदम नचालेसम्म मिसावटको मारबाट उपभोक्ताले मुक्ति नपाउने निश्चित छ ।

 

LIVE TV