१७ बैशाख २०७३, शुक्रबार

बर्दिया, छ दिनदेखि हराइरहेका नेपाली सेनाको एक जवान बर्दियाको सत्या सामुदायिक वनमा आज बिहान मृत फेला परेका छन् ।

????????????????????????????????????????????????????????????

नं २ वन तथा पर्यावरण सुरक्षा हात्तीखोर नवलपरासीमा कार्यरत सैनिक जवान बर्दिया बाँसगढी नगरपालिका–७ का दुर्गाबहादुर खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले खड्का मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । खड्काको शव जिल्ला अस्पताल बर्दियामा परीक्षण गरी आजै परिवारलाई बुझाइएको छ । रासस

 

LIVE TV