१७ बैशाख २०७३, शुक्रबार

इनरुवा, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालय प्रमुखहरुलाई जिम्मेवारीपूर्ण तथा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ ।

pm
प्रधानमन्त्री ओलीले आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रअिज सहित क्षेत्रीय प्रशासक र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा उहाँले शिक्षा, कृषि, वन र सिँचाइ क्षेत्रको विकास गरेर देशको समृद्धिमा योगदान गर्न आग्रह गर्नुभयो ।

उहाँले गरिबी, अशिक्षा र बेरोजगारीले नेपाली ग्रसित रहेकाले जनताको सेवा सरल, सुलभ र सहज रुपमा गर्नका लागि निर्देशन दिँदै कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “जनतालाई सहजता, सरलता, प्रभावकारिता र अपनत्वको महसुस गर्ने गरी काम गर्नुहोस् । ” रासस

 

LIVE TV