१७ बैशाख २०७३, शुक्रबार

नेपालमा गायक बन्ने सपना त हजारौ युवायुवतिको हुन्छ । तर पनि त्यो सपना केहीको मात्र पुरा हुन्छ । बाँकीको अधुरोनै नरहला भन्न सकिन्न । यस्तै एक उदाहरण बनाएर नेपाली साँगेतीक क्षेत्रमा उदाएका छन् गायक दपर्ण राई । नेपाली सांगीतिक आकाशमा उज्यालो दिप बनेर प्रस्तुत भएका राइको जन्म सोलुखुम्बुमा भएको हो । संगीतमा नै केहि गर्ने सोच बनाएका उनले पैसा भन्दा पहिचानलाई ठुलो ठान्ने गरेका छन । राइ लिरिक्स राइटर ,मोडल तथा भिडियो डिरेक्टर समेत हुन ।

XXX

करीब करीब १ दर्शन म्युजिको भिडियोमा देखा परीसकेका राइ आफै डिरेक्सन समेत गर्ने गर्दछन् । हाल उनले तिमीले बाटो फेरौं अरे बोलको गीत लेखेका छन्। उनका यो गीत अहिले युटुबमा भाइरल बनेको छ । उनका अनुसार युट्युबमा कभर सङ्गको लागि प्रतियोगिता अन्तर्गत गायिका घिसिङलाई गीत गाउन स्टुडियोमा पुगेकी थिइन्। हामीले युट्युब च्यालेन्ज अन्तर्गत कभर सङ्ग गरिरहँदा गायिका घिसिङलाई भेटेपछि किड भर्जन युट्युबमा राखेका थियौं,गीतकार राईले भने,युट्युब च्यालेन्जको फाइनल जेठको दोस्रो साता हुँदैछ। गीतमा संगीत टंक बुढाथोकीले संगीत दिएका छन्।राइले यो गीत पछिल्लो समयको युबापुस्तामा देखिने सोच र ब्यबहारको चित्रण सहित गीत लेखेका हुन ।

यस्तै नेपाली चलचित्र जगतमा चलचित्रको गीतका आफ्नो सुमधुर आवाज दिएर चर्चामा आएका गाएक हुन टंक बुढथोकि । बोलि र ब्यवहारमा निकै रुचाइने बुढाथोकिको पछिल्लो समयमा चलचित्रका गीतहरुले निकै चचौ बटुल्न सफल भएको छ । त्यसा त बुढाथोकिको घण्टि बज्यो घण्टि बज्यो घण्टि बज्यो मनमा र कालि तिमा्रे नजरैले भन्ने बोलको गीत हरेक युवायुवतिको मुखमुखमा झुण्डिन पुग्यो भने हरेकको मनमा बस्न सफल भयो ।

हाल आएर निकै गाएक बुढाथोकिले एनएमएस इन्टरटेन्मेन्टको युटुव च्यानल बाट औपचारीक रुपमा तिम्ले बाटो फेर्यौ अरे भन्ने गीत गाएका छन् अब उनको स्वरको पारखीहरुले अब तिमीले बाटो फेरौं अरे गीत युटुब मार्फत हेर्न सक्नेछन् । त्यसोत यो गीत पछिल्लो समय सर्वाच्च शिखरमा पुगेको छ । कारण यस गीतलाइ यस अगि निकै ब्यस्त गायीका मेलिना राइले ३ महिना अगि आवाज भरेकि थिइन भने उनको यटुव भ्युअर तीन महिनामा साढे तीनलाख नाघेको छ ।

यस्तै यो गीत सात वर्षे जिग्मेछीले गाएको गीत युट्युबमा हिट हुँदै गएको छ ।तिमीले बाटो फेरेउ अरे बोलको किड भर्जन गीतलाई युट्युबमा रिलिज भएको एक महिनामै दुई लाखभन्दा बढीले हेरेका छन्।सात वर्षे गायिका जिग्मेछोकी घिसिङले स्वर दिएको गीत गत चैत ९ एमएमएस इन्टरटेनमेन्टको औपचारिक च्यानलमार्फत युट्युबमा राखेको थियो। गायिका अन्जु पन्तकी फ्यान सात वर्षे घिसिङको स्वरको कारण तिमीले बाटो फेरेउ अरेु बोलको किड भर्जन युट्युबमा लोकप्रिय बनेको हो। सोमबारसम्म यो गीत २ लाख १४ हजार पटक हेरिएको छ।हाल डिल्लीबजारस्ति श्री संगीत पाठशालामा स्वरको औपचारिक प्रशिक्षण लिइरहेकी गायिका घिसिङको स्वर रहेको गीतको रेकर्ड भने स्टुडियो नाइनमा गराइएको थियो। तिमीले बाटो फेरौं रेु गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका थिए।युट्युबमा निकै चर्चित बनेको यो गीत जिग्मेछोकीले एक पटकमै गाएकी हुन्। सुरुमा कभर सङ्गुगर्ने भनेर कुरा भएपछि मैले आलटाल गरेँ। फेरि गीत रेकडिङको दिन उनी रुघाखोकीबाट ग्रसित भएकी थिइन्, उनकी आमा बसन्ती लामाले भनिन्,एकपटक गाएको भरमा गीत रेकर्ड भएको हो।जिग्मेछो स्वयम्भूस्थित अरुणोदय एकेडेमीमा कक्षा ४ की विद्यार्थी हुन्। भविष्यमा गायिका बन्ने उनको योजना छ।

LIVE TV