१७ बैशाख २०७३, शुक्रबार

काठमाडौँ, भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले मुलुकका विभिन्न कालखण्डमा महत्वपूर्ण दस्तावेजलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय अभिलेखालयको आज निरीक्षण गरेपछि मन्त्री सुब्बाले नेपालको प्राचीन परम्परा, तथा एकीकरणपछिको सभ्यता र इतिहासलाई समेत त्यहाँ सुरक्षण गर्न आग्रह गर्नुभयो ।

उहाँले सबै जातिका लिपी तथा भाषाका साथै धर्मग्रन्थलाई अत्याधुनिक प्रविधिबाट सुरक्षित गर्नुपर्नेमा जोड दिँदै आफ्नो मन्त्रालयका विभिन्न महत्वपूर्ण कागजात समेत सोही स्थानमा अभिलेख गर्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सातौँ शताब्दीदेखिका महत्वपूर्ण दस्तावेजको अभिलेख सुरक्षित गरिएको जानकारी दिँदै उक्त स्थानमा राखिएका केही संवेदनशील दस्तावेजलाई सुरक्षित गर्न वातावरण अनुकुलित (एयर कन्डिसन) कक्षसमेत प्रयोगमा ल्याइएको बताउनुभयो ।

अभिलेखालायका प्रमुख सौभाग्य प्रधानाङ्गले सरकारले भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको व्यवस्था चाँडो गर्नुपर्ने बताउनुभयो । रासस

 

LIVE TV