१७ बैशाख २०७३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको बजेट आयव्ययको विवरण मात्र नभई संविधान कार्यान्वयनका लागि समेत आउने र ऐतिहासिक हुने बताउनुभयो ।

pm

शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग प्रधानमन्त्री ओलीले सहमति र सहकार्यबाट अगाडि बढ्न सरकार तयार रहेकोले सहमतिमा आउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले संविधान कार्यान्वयन प्रमुख चुनौती रहेकाले राज्य संचालनका गतिविधि लोकतान्त्रिक विधि अनुसार हुनुपर्ने र यसमा अन्य कारणले व्यवधान पु¥याउन नहुने जिकिर गर्नुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमंत्री ओलीले कुनै पनि समस्या द्वन्द्वबाट समाधान हुन नसक्ने भएकाले वार्ता र सहमतिका लागि आव्हान गरेको बताउनु भयो । प्रधानमंत्री ओलीले समस्या समाधानका लागि शनिवार सर्वदलीय बैठक बोलाइएको जानकारी समेत दिनुभयो ।

प्रधानमंत्री ओलीले सरकारले सहमतिका लागि नै एक सदस्यीय उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गरेको बताउदै यसैमा सहभागी भई विवाद र असहमतिका विषयहरु वार्ता र सम्वादबाट टुङ्ग्याउन आग्रह समेत गर्नुभयो ।

LIVE TV