
कोरियाको मिसाइल परीक्षणप्रती आफ्नो आग्रहलाई वेवास्ता गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई चेतावनी दिएको छ ।
उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ दिने अन्तिम तयारीमा रहेको राष्ट्रसंघले जनाएको हो । उत्तर कोरियाले राष्ट्रसंघको आग्रहलाई बेवास्ता गर्दै मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाले भने आफुले मिसाइल परीक्षण गर्न पाउने भन्दै आएको छ ।
उत्तर कोरियाले मिसाइलको सफल परीक्षण गरेको पनि बताउँदै आएको छ । तर, राष्ट्र संघले उत्तर कोरियाका सबै मिसाइल परीक्षण असफल भएको दाबी गरेको छ ।
उत्तर कोरियाले गरेको मिसाईल परीक्षण शान्ति भंग गर्ने हिंसात्मक गतिविधि भन्दै यसो नगर्न राष्ट्रसंघले पटक पटक आग्रह गर्दै आएको थियो ।