१७ बैशाख २०७३, शुक्रबार

पुराना हाम्रा संस्कृति झल्काउने फिल्म ‘उहिले बाजेको पालामा’को निर्माणको पक्षले राजधानीमा प्रेसमिटको आयोजना गरी फिल्मको जानकारी सार्वजनीक गरेका छन् । ‘उहिले बाजेको पालामा’ फिल्मले हाम्रो पराम्परा,कला, संस्कृति र सभ्याताको शान प्रति गर्व गराउने सन्देश दिने निर्माण पक्षले बताएका छन् । उक्त कार्यक्रममा फिल्मका निर्माता तथा कलाकार गणेश बेलबासे लगाएतका फिल्मका निर्माण पक्षले फिल्मको बारेमा जानकारी गराए ।
vlcsnap-2016-04-29-11h42m38s492
सन्देशमुलक र मनोरञ्जनात्मक ‘उहिले बाजेको पालामा’फिल्मलाई चेतन कोईरालाले निर्माण गरेका हुन् । बसन्त जीएमले निर्देशन गरेका छन् । त्यस्तै बिपीन आचायले संगीत दिएका छन् । भरत क्षेत्रिको द्धन्द निर्देशन रहेको छ ।

vlcsnap-2016-04-29-11h43m53s248
उक्त फिल्मको निर्माण पक्षले बैशाख २० गते बेलुका ६ बजे प्रिमियर पनि गर्दैछन् । उक्त प्रिमियरमा उपस्थीतीको लागी निर्माण पक्षले निमन्त्रणा पनि गरेका छन् । फिल्म बैशाख २४ गतेबाट उपत्यकामा हलहरुमा लाग्दैछ, भने मोफसलमा जेष्ठको ७ गतेबाट लाग्ने भएको छ ।

vlcsnap-2016-04-29-11h46m50s818
पराम्परागत चलनचल्ति,रहनसहन, फरक किसिमको प्रेमप्रसंगका साथै ख्यालठट्टा प्रस्ट्याइएको ‘उहिले बाजेको पालामा’ फिल्मको मुख्य कलाकारहरुमा दीलीप रायमाझि,नबिन श्रेष्ठ,गणेस बेलबासे,कमल गाउँले,खुश्बु खड्का,सपना रोक्का,मियुन जिरेल,रबीन्द्र आचार्य,राजेन्द्र ओली,माधव पण्डित,पुजा रीजाल,सुनिता उप्रेती रहेका छन् । फिल्मलाई एफडी कम्पनी र श्रीराम बालाजी फिल्मस्ले बितरण गर्नेछन् ।

vlcsnap-2016-04-29-11h47m39s760 vlcsnap-2016-04-29-11h47m09s028  vlcsnap-2016-04-29-11h45m49s487   vlcsnap-2016-04-29-11h41m41s260

LIVE TV