१७ बैशाख २०७३, शुक्रबार

नायक टाईगर श्रफले आफ्नो पत्नीको रुपमा कस्तो केटिको च्वाइस गर्ने भन्ने बारेमा दिएको बायानले हंगामा मच्चाएको छ । उनले दिएको बिबादीत बयानको कारण उनले ट्वीटर मार्फत माफी सम्म पनि माग्न पर्यो ।

sarad
बाघी फिल्मको प्रोमोशनको दौरानमा रहेका श्रफलाई कस्तो केटि सँग बिहे गर्न चाहनुहुन्छ भन्ने कुरा सोधिएको थियो । यस कुराको जवाफमा श्रफले यस्तो केटि सँग बिहे गर्नुछ कि जुन सोझो होस, जस्ले घरमा फर्केपछि खाना बनाओस् र भाँडाकुडा माझोस् ।

tiger_shroff_2
श्रफ अभिनीत फिल्म बाघी यसै साता बाट प्रदर्शनमा आएको छ । ‘बाघी’फिल्ममा टाईगर श्रफ र श्रद्धा कपुरले मुख्य भुमिकामा अभिनय गरेका छन् । ‘बाघी’फिल्मलाई सब्बीर खानले निर्देशन गरेका हुन् । फिल्म युटिभि मोशन पिक्चर्स र नाडियड ग्रेण्डसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ ।

baaghi

LIVE TV