१७ बैशाख २०७३, शुक्रबार

दमौली । तनहुँको क्यामिन–२ माझफाँटमा मङ्गलबार भएको घटनालाई लिएर पीडितको माइती पक्षले मृतकको श्रीमान र ससुराविरुद्ध किटानी जाहेरी दिएको छ ।

बाबुको हत्यापीडित पक्षले बिहीबार मृतकका पति मनबहादुर थापा र ससुरा रामबहादुर थापाविरुद्ध बिहीबार किटानी जाहेरी दिएको हो । २४ वर्षीया रीता थापा र उनका ५ वर्षीय छोरा मिसन आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि उनीहरुलाई कर्तव्य गरी मारेको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिइएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राकेश सिंहले मृतकका श्रीमान मनबहादुर र ससुरा रामबहादुरविरुद्ध किटानी जाहेरी परेको बताउनुभयो । जाहेरी परेलगत्तै उनीहरुलाई प्रहरी निगरानीमा राखिएको जानकारीसमेत उहाँले दिनुभयो । दुवै जनाको लासको दमौली अस्पतालमा शवपरीक्षण गर्न माइती पक्षले नमानेपछि टिचिङ अस्पतालमा शवपरीक्षण गर्ने सहमति भएको बताइएको छ ।

पीडित सङ्घर्ष समितिका संयोजक बलबहादुर पाण्डेले शवपरीक्षण रिपोर्टलाई हेरेर अघि बढ्ने बताउनुभयो । प्रहरी उपरीक्षक कृष्णकुमार महतले दुवै मृतकको शवपरीक्षणका लागि टिचिङ अस्पताल लैजाने सहमति भएको बताउनुभयो ।

LIVE TV