१७ बैशाख २०७३, शुक्रबार

टर्कीका पत्रकारले इस्लाम ध र्मगुरु पैगम्बर मोहममदको कार्टुन प्रकाशन गरेकोमा दुई वर्षको जेल सजाय दिइएको छ । इस्तानबुलबाट प्रकाशित हुने ‘चुम्हर्रियत’ पत्रिकामा कार्यरत दुई जना प्रभावशाली पत्रकारलाई जेल सजाय दिइएको हो ।

turkiती दुई पत्रकारले आफैंले कार्टुन बनाएको नभई फ्रान्सेली पत्रिका ‘शार्ली एब्दो’ ले बनाएको कार्टुन आफ्नो नियमित स्तमभमा विस्तार गरी प्रकाशन गरेका थिए ।

इस्तानबुलको एक अदालतले ती दुई पत्रकारलाई दुई वर्षको जेल सजाय बिहीबार सुनाएको हो । पत्रकार बुलेन्त उत्कु र सेइदा करनलाई जेल सजाय सुनाइएको उनीहरुका वकिल हिक्मद सेतिकन्याले जानकारी दिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV